काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरू माइतीघरमा जम्मा भएका छन् ।
दिउँसो ३ बजेदेखि माइतीघर–बबरमहल क्षेत्रमा एमालेका कार्यकर्ताहरूले प्रदर्शन गरिरहेका छन् । उनीहरू बबरमहलबाट नयाँ बानेश्वरतर्फ अघि बढेका थिए । यद्यपि प्रहरीले उनीहरूलाई रोक्यो ।
अहिले फेरि प्रदर्शनकारीहरू माइतीघरमा जम्मा भएका हुन् । गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो ।
त्यसबेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री र कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए । ओली र लेखक पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन शुरु गरेको हो ।
FACEBOOK COMMENTS