काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप फुट्सल टुर्नामेन्टको उपाधि द वेस्टमिन्स्टर कलेजले जितेको छ । ललितपुरमा भएको प्रतियोगिताको तीन वटै विधाको उपाधि वेस्टमिन्स्टर कलेजले जितेको हो ।
प्रतियोगितामा ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज, द वेस्टमिन्स्टर कलेज, ब्रिटिस मोडल कलेज तथा ब्रिटिस प्रोफेशनल कलेजका पुरुष विद्यार्थी, महिला विद्यार्थी र महिला तथा पुरुष स्टाफसहित १२ टिमको सहभागिता रहेको थियो । सबै विधामा वेस्टमिन्स्टर कलेजले उपाधि जितेको हो ।
सिंगल राउण्ड रोविन संरचनाको खेलपछि शीर्ष दुई स्थानमा रहेका टोलीहरुले उपाधिको लागि प्रतिस्पर्धा गरेका थिए । जसअन्तर्गत वेस्टरमिन्स्टरको पुरुष विद्यार्थी टिमले ब्रिटिस प्रोफेशनल कलेजलाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो । त्यस्तै, वेस्टमिन्स्टरको महिला टिमले ब्रिटिस मोडलको टिमलाई पनि पेनाल्टी सुटआउटमा हराउँदै उपाधि जितेको हो । स्टाफतर्फको फाइनलमा वेस्टमिन्स्टरको स्टाफले ब्रिटिस कलेजको स्टाफलाई १–० गोलले पराजित गरेर उपाधि जितेको हो ।
जितसँगै वेस्टमिन्स्टरको तीन वटै टिमले ट्रफी, मेडल तथा नगद पुरस्कार प्राप्त गरेको छ । उपाधि विजेताहरुलाई सबै कलेजका प्रतिनिधिहरुको उपस्थितिमा पुरस्कार वितरण गरिएको हो । कार्यक्रमपछि प्रतिक्रिया दिँदै ब्रिटिस एजुकेशन ग्रुपका हेड अफ स्कुल्स अरुणकुमार कँडेलले भने, ‘साउण्ड हेल्थ तथा साउण्ड माइन्डको आवश्यकताको अनुभूति गरेर यस प्रतियोगिताको आयोजना भएको हो ।
त्यस्तै, तीन वटै उपाधि जितेको वेस्टमिन्स्टर कलेजका प्रमुख अरुणलाल जोशीले खुसी व्यक्त गर्दै भने, ‘ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको सबैभन्दा कान्छो संस्थाको रुपमा वेस्टमिन्स्टरका टिमहरुले उल्लेखनीय जित निकालेकोमा हामी निकै खुसी छौं । यो हाम्रो टिमका सदस्यहरु तथा स्वंसेवकहरुको समपर्ण र कडा परिश्रमको प्रमाण हो, र म उहाँहरुलाई हार्दिक बधाई दिन चाहान्छु ।’
FACEBOOK COMMENTS