काठमाडौं । नेपाल कमर्सियल आर्टिस्ट संघमा नयाँ नेतृत्व चयन गरिएको छ । यही जेठ १२ र १३ गते काठमाडौंमा सम्पन्न संघको पहिलो राष्ट्रिय महाधिवेशनले रामप्रसाद लिम्बु (यम) को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षहरूमा कमलराज श्रेष्ठ, सुभाष कुमार शाक्य, शारदा मानन्धर, डम्फे तामाङ (डम्बर) र राजेन्द्र सुवेदी चयन भएका छन् । यस्तै, संघको, महासचिवमा सुवास केसी तथा सचिवहरूमा सन्तोष बीसी, राजेन्द्र गुरुङ र केशर सिंह लामा चयन भएका छन् । संघको कोषाध्यक्षमा नवीन कार्की र सह–कोषाध्यक्षमा सन्तोष कुमार गुप्ता चयन भएका छन् ।
कार्यसमितिको केन्द्रीय सदस्यहरूमा सिताराम उप्रेती (चितवन), भरतबाबु पौडेल (नवलपुर), देव नारायण पौडेल (नेपालगञ्ज), युवराज वस्ताकोटी (कास्की), धनु घिमिरे ‘रवि’ (रुपन्देही), जंग बहादुर पण्डित (पर्सा), श्याम थापा (बाँके), राजु श्रेष्ठ (कञ्चनपुर) चयन भएका छन् ।
यसैगरी, धर्म बहादुर विष्ट (कैलाली), सुरेश पुन (प्युठान), भोला शाह ‘कालु’ (बारा), अन्दीलाल सरदार (सप्तरी), टिकाराम कार्की (सिन्धुपाल्चोक), कुमार यारा (काठमाडौं) र रामकृष्ण चौधरी (काठमाडौं) सदस्य चयन भएका छन् ।
संघको नयाँ नेतृत्व चयनका क्रममा अध्यक्ष पदमा निर्वाचन भएको निर्वाचन मण्डलका प्रमुख ओमप्रकाश गुरुङले जानकारी दिए । उनका अनुसार अध्यक्ष पदमा निवर्तमान महासचिव चित्रबहादुर कार्की र निवर्तमान केन्द्रीय सदस्य राम प्रसाद लिम्बु ‘यम’बीच प्रतिस्पर्धा भएको थियो ।
सो क्रममा १०६ मध्ये ७४ मत प्राप्त गरी लिम्बु अध्यक्ष निर्वाचित भए भने प्रत्याशी कार्कीले ३१ मत प्राप्त गरे । महाधिवेशनमा देशभरबाट ११९ जना प्रतिनिधिले सहभागिता जनाएका थिए ।
अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरू भने निर्विरोध निर्वाचित भएको गुरुङले जानकारी दिए । गुरुङको नेतृत्वमा शिव अधिकारी र बीएल चौधरी सदस्य रहेको निर्वाचन मण्डल गठन गरिएको थियो ।
‘कलाकारहरूको हकहित संरक्षण, पहिचान र सम्मान’ नाराका साथ काठमाडौंको गोंगबुस्थि तमु ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद् (तमु समाज हल)मा सम्पन्न भएको हो । संघका निवर्तमान अध्यक्ष चन्द्र प्रसाद राजबंशीको अध्यक्षतामा भएको महाधिवेशन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली राईले उद्घाटन गरेका थिए ।
उद्घाटन समारोहमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धर र केके कर्माचार्य, उपकुलपति लालकाजी लामा विशेष अतिथि तथा ललितकला क्याम्पसका प्राध्यापक तथा वरिष्ठ कलाकार राधेश्याम मुल्मी, नेपाल राष्ट्रिय ललितकला संघका अध्यक्ष दीपेन्द्र बनेपाली, वरिष्ठ कलाकार बीके नरबहादुरलगायत अतिथिहरू सहभागी दिए ।
कमर्सियल आर्टिस्ट संघको पहिलो राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरू, नयाँ नेतृत्व चयन हुँदै
FACEBOOK COMMENTS