काठमाडाैँ । पछिल्लो दुई तिनवर्षदेखि वाणिज्यबैंकहरुले बोनस शेयरभन्दा नगद लाभांशमा जोड दिन थालेका छन् । बैंकहरुले गत आर्थिक वर्ष २०८०÷०८१ को मुनाफाबाट आफ्नोश शेयरधनीहरुलाई लाभांश घोषणा गरेका हुन् । तर, यस वर्ष भने बैंकहरुको लाभांश दर भने घटेको छ । अघिल्लो आवको तुलनामा गत आवमा बैंकहरुले लाभांश दर घटाएका छन् । गत आवमा नाफा वृद्धि गरेता पनि बैंकहरुले लाभांश दर भने घटाउँदै गएका हुन् । यद्यपि, बैंकको पुँजी वृद्धिअनुसार व्यवसाय बढाउन नसक्दा लाभांश दर घटाएको बैंकका अधिकारी बताउँछन् ।
हाल नेपाल स्टक एक्सचेन्जमा सूचिकृत १९ वाणिज्य बैंकमध्ये हालसम्म १० वटा वाणिज्य बैंकहरुले लाभांश प्रस्ताव गरेका छन् । अझ ९ वाणिज्य बैंकले अझै लाभांश प्रस्ताव गरेका छैनन् । बैंकहरुले लाभांश प्रस्तावगर्ने क्रम अझै जारी छ ।
एभरेष्ट बैंक
लाभांश प्रस्ताव गरेकामध्ये हालसम्म एभरेष्ट बैंक रहेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १५.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । जसमा १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश दिएको हो । अघिल्लो वर्ष बैंकले २०.५३ प्रतिशत लाभाशं प्रस्ताव दिएको थियो ।
नबिल बैंक
अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयर धनिहरुलाई नबिल बैंकले १० प्रतिशत नगद लाभांश मात्र प्रस्ताव गरेको छ । बैंकले यो पटक बोनस शेयर दिएको छैन । अघिल्लो वर्ष पनि बैंकले १० प्रतिशत नगद लाभांश मात्र दिएको थियो ।
सानिमा बैंक
सानिमा बैंकले आफ्ना शेयर धनिहरुका लागि अघिल्लो आर्थिक वर्षको मुनाफाबाट ५.२६ प्रतिशत नगद लाभांश दिएको छ। यो वर्ष बैंकले बोनस शेयर नदिएको हो । अघिल्लो वर्ष बैंकले ९ प्रतिशत बोनस शेयर र ५.७ प्रतिशत नगदगरी १४.७ प्रतिशत लाभांश दिएको थियो ।
ग्लोबल आइएमई बैंक
अघिल्ला आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको ग्लोबल आइएमई बैंकले ५ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ । बैंकले योपटक नगद लाभांश भने दिएकोछैन । अघिल्लो आर्थिक वर्षमा बैंकले १ प्रतिशत बोनस र ८ प्रतिशत नगदगरी ९ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।
सिटिजन बैंक
सिटिजन बैंकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट ४.२१प्रतिशत लाभांश दिएको छ । बैंकले ४ प्रतिशत बोनस र०.२१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । अघिल्लो वर्ष बैंकले ५.७९ प्रतिशत नगद लाभांश मात्र दिएको थियो ।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्नो शेयर धनिहरुलाई ५ प्रतिशत मात्र नगद लाभांश दिएको छ । बोनस शेयर नदिई लाभांश मात्र दिएपछि बैंकका शेयर धनिहरु निराशा बनेक छन् । अघिल्लो वर्ष बैंकले लाभांश नै दिएको थिए ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक
स्ट्याण्डर्ड चार्टर्ड बैंकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयर धनिहरुलाई६.५ प्रतिशत बोनस शेयर प्रतिशत नगद लाभांश दिएको छ । अघिल्लो वर्ष बैंकले १९ प्रतिशत लाभांश दिएको थियो ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट ४५ प्रतिशत मात्र लाभांश दिएको छ । बोनश शेयर भने बैंक दिन सकेको छैन । योभन्दा अघिल्लो वर्ष पनि बैंकले ४.२१ प्रतिशत नगद लाभांश दिइरहेको थियो ।
लक्ष्मी सनराइज बैंक
बैकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश दिएको थियो । बैंकले अघिल्लो वर्ष ७ प्रतिशत बोनस र ०.३७ प्रतिशत नगद लाभांश दिएका थिए ।
नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट ३.८ प्रतिशत बोनस शेयर र ६.८५ प्रतिशत नगद लाभांश दिएको छ । अघिल्लो वर्ष बैंकले शेयरधनिहरुलाई ३.७५ प्रतिशत बोनस र ६.८ प्रतिशत नगद लाभांश दिएको थियो ।
FACEBOOK COMMENTS