काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जाँचबुझ आयोगबाट पत्र प्राप्त भएपछि बयानबारे निर्णय लिने बताएका छन् ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्ष रहेको भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रहेका कांग्रेस केन्द्रीय सदस्य लेखकलाई शुक्रबार बयानमा बोलाउने गरी पत्र पठाएको छ ।
‘जाँचबुझ आयोगले बयानका लागि बोलाउने भनेर पत्र पठाएको छ भन्ने कुरा सञ्चार माध्यमहरूमा खबर देखेँ, मलाई अहिलेसम्म पत्र प्राप्त भइसकेको छैन,’उनले भने ‘पत्र प्राप्त भएपछि यसबारे निर्णय लिने बताए ।
FACEBOOK COMMENTS