काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलनको घटना जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ । अब कार्यान्वयनको काम तत्कालै शुरू गर्ने प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको उक्त प्रतिवेदनका आधारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक प्रहरी हिरासतमा छन् ।
पक्राउ गरिनुपर्ने थप मानिसको पहिचान र पक्राउको प्रक्रिया पनि शुरू हुने भट्टराईले बताए । सरकारले सुरक्षा संयन्त्रको हकमा थप अध्ययन गरेपछि कार्यान्वयनमा लैजाने भनेको छ ।
त्यसबाहेकका व्यक्तिलाई नियन्त्रणमा लिने र प्रतिवेदनमा उल्लेख भएबमोजिमका विषयमा अनुसन्धान गरिने भएको हो ।

FACEBOOK COMMENTS