काठमाडौँ । जाँचबुझ गर्न गठित आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकिएलगत्तै तत्कालीन प्रधानमन्त्रीको हैसियतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्ने भएको छ ।
आयोगले मंगलबार लेखकलाई लेखेको पत्र उनलाई पठाएसकिएको प्रवक्ता विज्ञानराज शर्माले बताए । लेखकले बयान दिएपछि तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्र लेखिने शर्माले बताए । जाँचबुझको काम सिध्याएर सरकारलाई प्रतिवेदन बुझाउने तयारी गर्नुपर्ने कारण छिटै काम सक्ने आयोगको सोच रहेको उनले बताए ।
यद्यपि, पत्र पठाइएको समाचार सुनेपछि तत्कालीन गृहमन्त्री लेखक बयानमा जाने कि नजाने भन्ने विषयमा परामर्श गरिरहेका छन् ।
तत्कालीन प्रधानमन्त्री ओलीले भने आयोगको हैसियतमाथि नै प्रश्न उठाउँदै बयान दिन नजाने भन्दै आएका छन् ।
FACEBOOK COMMENTS