काठमाडाैं । सरकारले मिटरब्याज समस्या समाधान गर्न र मिटरब्याज पीडितलाई न्याय दिन उच्चस्तरीय न्यायिक आयोग गठन गरेको छ ।
पीडितको उजुरी लिएर पीडकलाई तत्काल कारबाही समेत गर्न सक्ने अधिकारसहितको आयोग गठन गरिएको हो । आयोगले आइतबार पूर्णता पाउने छ ।
पूर्वन्यायाधीश वा सो पद सरहका व्यक्तिले आयोगको नेतृत्व गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । योगमा नेपाल प्रहरीका महानिरीक्षक र महान्यायाधिवक्ता सदस्य रहनेछन् ।
७७ वटै जिल्लामा आयोगको संरचना रहनेछ ।
संघर्ष समितिका संयोजक मनोज पासवानले भने सरकारले आफूहरुका पीडा सुनिरहेको र न्याय दिलाउने आश्वासन पनि दिएको बताएका छन् । उनका अनुसार तत्काल आन्दोलन भने रोकिने छैन ।
FACEBOOK COMMENTS