जनकपुर । मधेस–प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले पत्रकारिता क्षेत्रको दिगो विकास तथा संरक्षणका लागि मधेस–प्रदेश सरकार योजनाबद्ध तरिकाले अगाडि बढ्ने बताइएको छ ।
सञ्चारिका समूह नेपालद्वारा आज जनकपुरमा आयोजित नेपालमा महिला पत्रकारहरुको ‘नेतृत्व क्षमता विकास’ विषयक दुईदिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँले सो विचार व्यक्त गरिएको हो । मन्त्री लेखीले लोकतन्त्र तथा सञ्चार क्षेत्र एक सिक्काको दुई पाटा रहेको उल्लेख गर्दै लोकतन्त्रमा पत्रकारितालाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउनुपर्ने आवश्यक छ भने ।
सञ्चार क्षेत्रमा काम गर्ने पत्रकार र सञ्चार संस्थाको संस्थागत विकासका लागि एक हप्ताभित्र मधेस–प्रदेश सरकारले बजेट, तालिम, सूचना र सुरक्षाका कार्यक्रम ल्याउने प्रतिबद्धतासमेत व्यक्त गरे । ‘म मन्त्री भएको धेरै दिन भएको छैन, सबै कुरा बुझ्दै सञ्चारक्षेत्रको विकासमा लाग्नेछु ’, उनले भने ।
गोष्ठीमा मन्त्रालयकी राज्यमन्त्री शारदा थापाले मुलुकमा सामाजको विकास तथा सुशासन कायम गर्नका लागि पत्रकारिता क्षेत्रको भूमिका सराहनीय रहेको उल्लेख गर्दै पत्रकारिता क्षेत्रको विकासमा सरकारको हरेक क्षेत्रले सहयोग पु¥याउनुपर्ने आग्रह गरे।
सञ्चारिका समूह नेपालका अध्यक्ष विमला तुम्ख्वाको सभापतित्वमा भएको सो कार्यक्रममा आसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव र पत्रकार महासङ्घ धनुषाका अध्यक्ष मोनिका झाले पनि पत्रकारको समस्याबारे विचार व्यक्त गरिएको थियो ।
FACEBOOK COMMENTS