काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान १० बजेका लागि बैठक बोलाइएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरेको छ । सत्ता गठबन्धनमा कांग्रेसले ८ मन्त्रीको दावी गरेको थियो ।
हिजो मन्त्रिमण्डल विस्तार गर्ने क्रममा ४ जना मन्त्रीको मात्रै नाम पठाइएको थियो ।
थप मन्त्री कसकसलाई पठाउने भन्ने विषयमा कार्यसम्पादन समितिको बैठकमा छलफल गर्ने बताइएको छ ।
साथै समसामयिक राजनीति घटनाक्रम, उपनिर्वाचन र बाँकी मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बैठक आह्वान गरिएको कांग्रेसले जनाएकाे छ ।
FACEBOOK COMMENTS