काठमाडौँ । आज नेप्सेमा सामान्य गिरावट आएको छ । विहिबार नेप्से २.३५ अंकले घटेर २६५२ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३२७ कम्पनिका ७९ लाख ५३ हजार ७४० कित्ता शेयर ३ अर्ब २६ करोड ४ लाख ४० हजार ६०४ मा कारोबार भएको थियो । आज बैंकिङ, लगानी, म्युचुअल फन्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।
आज हिमस्टार उर्जाको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सिटी होटल्सको सबैभन्दा बढी ४.५५ प्रतिशतले गिरावट आएको छ । त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्सको ३० करोड ९ लाख र युनियन हाइड्रोको शेयर १८ करोड ३४ लाख बराबरको कारोबार भएको छ ।
FACEBOOK COMMENTS