काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ ।
एकीकृत समाजवादीले असोज २४ गते बस्ने गरि सचिवालय बैठक बोलाएको पार्टीका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिएका छन् ।
बैठकमा समसामयिक राजनीतिक विषय, निर्वाचनको तयारी र अघिल्लो बैठकले बनाएको विचार मिल्ने शक्तिसँग एकताको पहल सम्बन्धी कार्यदलको प्रगति बारे छलफल हुने ज्वालाले जानकारी दिए ।
FACEBOOK COMMENTS