काठमाडौं । पूर्व शिक्षामन्त्री तथा नेकपा एमालेकी नेतृ विद्या भट्टराईले कम्युनिस्टको दर्शन अनुसार पार्टीहरु नचल्दा आजको अवस्था आएको बताएकी छन् ।
उनले कम्युनिस्ट परिवर्तनको पक्षधर शक्ति भन्ने मान्यता दर्शन, सिद्धान्त, विचार र आदर्शवादी व्यवहारबाट निर्माण हुने सामान्य बुझाइ भए पनि व्यवहारमा भने पार्टीहरू त्यही सोचअनुसार सञ्चालन हुन नसकेको बताइन् ।
उनका अनुसार यही कारणले अहिलेको अवस्था सिर्जना भएको हो । उनले सबै पक्षलाई रचनात्मक संवादमा जोडिन र विगतका कार्यशैली तथा व्यवहारगत कमजोरीको वस्तुगत समीक्षा गर्न आग्रह गरेकी छन् । नेतृ भट्टराई यस निर्वाचनमा भने उम्मेदवार बनेकी थिइनन् ।
FACEBOOK COMMENTS