रौतहट । रौतहटको गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच झडप भएपछि अवस्था तनावपूर्ण बनेको छ ।
अहिले सो क्षेत्रमा घटनाले उग्र रूप लिएसँगै शान्ति–सुरक्षा कायम गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
बिहीबार राति हिन्दू समुदायको विवाह जाँदा बाजागाजा बजाइएको विषयलाई लिएर मुस्लिम समुदायसँग विवादबाट सुरु भएको बताइएको छ । मस्जिदमा रात्री प्रार्थना भइरहेको समयमा बाजा बजाएको भन्दै भनाभन बढेपछि केही व्यक्तिमाथि कुटपिट समेत भएको थियो ।
सो घटनापछि शुक्रबार बिहानैदेखि पुन: दुवै पक्षबीच झडप शुरु भएको थियो । यसले गाउँमा त्रासको वातावरण सिर्जना गरेको छ । स्थिति नियन्त्रणमा लिन प्रशासनले तत्काल सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ ।
अहिले घटना भएको क्षेत्रमा ठुलो संख्यामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी अढाई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको र अवस्था नियन्त्रणमा लिने प्रयास भइरहेको प्रशासनले बताएको छ ।

FACEBOOK COMMENTS