काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
अध्यक्ष ओझाविरुद्ध नक्कली कागजात देखाएर प्राधिकरणमा नियुक्ती भएको भन्दै दिपेन्द्र बोहोरा नाम गरेका व्यक्तीले अख्तियारमा उमेर नपुगेको र नक्कली कागजात देखाएर नियुक्ती खाएको भन्दै उजुरी गरेका हुन् ।
उनले दिएको निवेदनमा अध्यक्ष ओझाले प्राधिकरणमा नियुक्त खानका लागि देखाएको व्यवस्थापकको कागजात नै नक्कली भएको उल्लेख छ ।
ओझाको उमेर ३३ वर्ष बताइएको र नीतिगत व्यवस्थाबमोजिम यो नियुक्तीका लागि उमेर हद नकटेको बताइएको छ ।
यस्तै, ऐन बमोजिम ३५ वर्ष नाघेको र ६५ वर्ष ननाघेको व्यक्ती अध्यक्ष नियुक्तीका लागि योग्य हुने व्यवस्था भएको समेत निवेदनमा उल्लेख छ ।
ओझाले पत्रकारकारुपमा काम गरेको समाचार संस्थामा व्यवस्थापकका रुपमा काम गरेको भनिएको कागजात नै नक्कली रहेको बताइएको छ ।
सरकारले फागुन २२ गते बसेको मन्त्रिपरिषद्को बैठकमार्फत ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो। नियुक्तिपछि उनको योग्यता र क्षमतामाथि निरन्तर प्रश्न उठ्दै आएको छ।
ओझाको नियुक्ति सार्वजनिक भएपछि बीमा क्षेत्रका सरोकारवाला, विज्ञ तथा सेवाग्राहीहरूले उनको कार्यकालबारे शंका व्यक्त गरिरहेका छन्।
FACEBOOK COMMENTS