काठमाडौं, २५ भदौ। प्रतिनिधिसभाको कारवाहीमा अवरोध गरिरहेको प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले शोक प्रस्ताव पारित गर्न भने सहयोग गरेको छ।
एमालेकै सहयोग संविधानसभाका सदस्यद्वय जेबी टुहुेरे र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव सर्वसम्मतीले पारित भएको छ ।संसदका अन्य कारवाहीमा नाराबजी गरिरहेका एमाले सांसदहरुले शोक प्रस्ताव आउँदा भने सर्मथन जनाएका थिए। उनीहरुले कुनै विरोध नगरेपछि सभामुख अग्निप्रसाद सापकोटाले शोक प्रस्ताव सर्वसम्मतीले पारित भएको घोषणा गरे ।
प्रतिनिधिसभाको अर्को बैठक आइतबार दिउँसो १ बजे बस्ने छ।
FACEBOOK COMMENTS