काठमाडौँ । नेपाल उद्योग परिसंघ र राष्ट्रिय तथ्याङ्क कार्यालयबीच राष्ट्रिय आर्थिक गणना, २०८२ मा सहकार्य हुने भएको छ । तथ्याङ्क कार्यालय र परिसंघबीच समझदारी (एमओयू) गरी अध्ययन र तथ्याङ्क विश्लेषणमा सहकार्य गर्ने सहमती भएको हो ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका उप–प्रमुख ढुण्डीराज लामिछानेले राष्ट्रिय आर्थिक गणना, २०८२ मा निजी क्षेत्रको आशंका निवारण गर्दै तथ्याङ्क ऐन, २०७९ अनुसार तथ्याङ्कको पूर्ण गोपनीयता कायम गरिने बताए । उनले उद्योगी व्यवसायीहरूको विवरणको सुरक्षाप्रति संवेदनशील रहेको बताउदै यो गणना कसैलाई करको दायरामा ल्याउन वा दण्डित गर्न नभई मुलुकको वास्तविक आर्थिक सूचकहरू तयार गरी अनुसन्धान र नीति निर्माण गर्ने प्रयोजनका लागि रहेको बताए । उनले भने– ’निजी क्षेत्रको सहभागिता बिना यो अभियान सफल हुन सक्दैन । त्यसैले हामी परिसंघ जस्ता संगठित संस्थाहरूसँग घनिभूत सहकार्य गर्न चाहन्छौं ।’
राष्ट्रिय आर्थिक गणना, २०८२ मूल नारा ’अर्थतन्त मापनको लागि आर्थिक गणना’ रहेको कार्यालयले जनाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक डा. वेद प्रसाद ढकालले राष्ट्रिय आर्थिक गणना, २०८२ सम्बन्धी प्रस्तुतिकरण गर्दै आर्थिक गणना अनौपचारिक अर्थतन्त्रको वास्तविक आकार पत्ता लगाउने, अर्थतन्त्रको वास्तविक आकार पत्ता लगाउनुलगायत रहेको बताए ।
परिसंघका महानिर्देशक डा. घनश्याम ओझाले निजी आर्थिक गणना तथ्याङ्क संकलनमा परिसंघले नेतृत्वदायी भूमिका खेल्ने बताए उ। सही तथ्याङ्क आए मात्र उद्योगी र सरकार दुवैलाई योजना बनाउन सहज हुने हुँदा निजी क्षेत्र यस प्रक्रियामा जोडिनुपर्ने बताए ।
FACEBOOK COMMENTS