काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । सोमबार ट्वीटरमार्फत खानले प्रतिनिधिसभाबाट विश्वासको मत जितेकामा देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् । उनले देउवाको कार्यकालमा नेपालसँगको सम्बन्ध अझ प्रगाढ बनाउन चाहेको भन्दै साझा चासोका विषयमा मिलेर काम गर्न चाहेको बताएका छन् ।
यसअघि आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देउवालाई बधाई तथा शुभकामना दिएका थिए ।
I congratulate H.E. Sher Bahadur Deuba, Prime Minister of Nepal, on winning the vote of confidence from the House of Representatives. Pakistan looks forward to further deepening its cordial ties with Nepal & would continue to work closely with Nepal on issues of common interest.
— Imran Khan (@ImranKhanPTI) July 19, 2021
FACEBOOK COMMENTS