काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज पनि जारी रहेको छ । मंगलबारदेखि शुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
पौडेलका अनुसार विहिबार केन्द्रीय सदस्यहरू डा। शेखर कोइराला, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कण्डेल, शिवप्रसाद हुमागाँइ, राजीव कोइराला, गुरू बराल र नृपबहादुर वडले आ–आफ्नो धारणा राखेका थिए ।
बैठकमा धारणा राख्ने क्रम जारी रहेको छ भने केन्द्रीय समितिको बैठक आज विहान ११ बजे पार्टीको केन्द्रीय सानेमा पुनः बस्दैछ ।
विहिबारको बैठकको प्रारम्भमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा बैठकलाई जानकारी गराएका थिए भने महामन्त्री गगनकुमार थापाले विभिन्न प्रस्तावहरू प्रस्तुत गरेका थिए ।
FACEBOOK COMMENTS