काठमाडौँ । नेपाली कांग्रेसले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आइतबार निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ ।
शनिबार केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गरेर आइतबार दल दर्ता गर्ने तयारी गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
गत असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक शनिबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
पार्टीको १५ औँ महाधिवेशन फागुन २१ गतेका लागि तय भएको निर्वाचन अगाडि गर्ने कि पछाडि गर्ने भन्ने विवाद छ ।
त्यही विवादका कारण पटक–पटक सर्दै आएको केन्द्रीय समिति बैठक राष्ट्रियसभामा भाग लिन दल दर्ता गर्ने निर्णय गर्नका लागि पनि शनिबार बस्नेछ ।

आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा भाग लिन मंसिर ७ गतेभित्र दल दर्ता गर्ने समय निर्धारण गरेको छ ।

FACEBOOK COMMENTS