कालिकोट । नेपाली कांग्रेस कालिकोटले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि युवा नेता भूपेन्द्रजंग शाहीसहित ३ जनाको नाम सिफारिस गरिएको छ ।
जिल्ला कार्यसम्पादन समितिको बैठकबाट शाहीसहित तीन जनाको नाम सिफारिस गरिएको हो । प्रतिनिधिसभा प्रत्यक्षतर्फ भूपेन्द्रजंग शाही, पार्टी सभापति अम्बबहादुर शाही र महिला नेता सीता रावल छन् ।
यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ कालीबहादुर सहकारी ९खस(आर्य०, सुशीला शाही बम (महिला) र मनबहादुर नेपाली (दलित) सिफारिस गरिएको छ ।
FACEBOOK COMMENTS