काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्वमन्त्री मीन विश्वकर्माले पार्टीको दलिततर्फको सहमहामन्त्री उम्मेदवारी घोषणा गरेका छन् । उनले बिहीबार पत्रकार सम्मेलन गर्दै समावेशी दलिततर्फ सहमहामन्त्री उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
महाधिवेशनबाट कांग्रेसले विभिन्न समूहबाट ८ जना सहमहामन्त्री बनाउने व्यवस्था गरिएकाले त्यही व्यवस्थाअनुसार आफूले दलिततर्फको सहमहामन्त्रीमा उम्मेदवारी दिन लागेको विश्वकर्माले बताए ।
नेपाल दलित संघका अध्यक्षसमेत रहेका विश्वकर्मा १२ औँ र १३ औँ महाधिवेशनबाट दुइ कार्यकाल केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन् । अहिले प्रतिनिधिसभा सदस्यसमेत रहेका विश्वकर्मा पूर्व उद्योग, वाणिज्ण तथा आपूर्तिमन्त्री र संविधानसभा सदस्यसमेत रहेका छन् ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू हुदैँछ ।
FACEBOOK COMMENTS