काठमाडौँ । नेपाली काँग्रेसको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले नाम दर्ता गराएका छन् ।
विशेष महाधिवेशन प्रचार प्रसार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा आइतबार २६६२ जना महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएकोमा आज ६।२४ प्रतिशत बढेर कुल ६३ प्रतिशत प्रतिनिधिले नाम दर्ता गरेको जानकारी दिइएको छ । आजको बन्द सत्रमा दुई महामन्त्रीद्वयले पेश गरेको प्रतिवेदनमा छलफल शुरु भएको छ ।
अब मंगलबार पनि बन्दसत्र जारी रहने र समुहगत छलफल जारी रहने प्रचार समितिका संयोजक सुवास पोखरेलले जानकारी दिएका छ । बन्दसत्रले मंगलबार नीति पारित गरेर निर्वाचनको प्रक्रिया शुरु हुने बताए ।
अहिलेसम्म ६३ प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी भएको र संस्थापन पक्षले ६६ प्रतिशतले नेतृत्व गर्न सक्ने भनेकोमा आफुहरुले ७० प्रतिशत कटाउने पोखरेलले दाबी गरे । उनले विशेष महाधिवेशनमा ५१ प्रतिशत भएमा पर्याप्त हुने बताउदै नेतृत्व फेर्न बहुमतले नै गर्न सक्ने बताए ।

FACEBOOK COMMENTS