काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले आम मतदातालाई निर्वाचनमा सहभागी हुन अनुरोध गरेका छन् ।
उनले निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन सबै राजनीतिक दलको सहयोग अपरिहार्य हुने बताए ।
आज अपराह्न पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले त्यस निम्ति सरकार र निर्वाचन आयोग पनि जिम्मेवार हुनुपर्नेमा जोड दिए । “निर्वाचन आयोग र सरकारलाई सहजरूपमा मतदान गर्न पाउने वातावरण बनाउन आग्रह छ, आवेगमा मतदान नगर्न मतदातामा पनि विनम्र अनुरोध छ ।”
नवयुवाको परिवर्तनको चाहनालाई मूर्तरुप दिन सबै तहबाट प्राप्त समर्थनले ‘बदलिएको कांग्रेस, बदल्छौँ देश’ नारा सफल भएको उनले बताए ।
नेपाली कांग्रेसको प्रतिबद्धताले नागरिक तहमा पलाएको विश्वास र प्राप्त समर्थनले ‘यो देश हामी बनाउन सक्छौँ, हामीले नै बनाउने हो’ भन्ने आधार सिर्जना गरेको बताए ।

“लोकतन्त्रको अभिन्न अङ्ग सञ्चारमाध्यमले मौनअवधिमा भ्रम र प्रभाव चिर्न सक्रिय भूमिका निर्वाह गरोस् छ, साथै सामाजिक सञ्जालका प्रयोगकर्तालाई द्वेष नफैलाउन आग्रह छ”, उनले भने ।

FACEBOOK COMMENTS