काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।
काँग्रेसले आज दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाएको काव मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिएका छन् ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थिति हुने छ । आजको बैठकमा सभापति गगन थापा सहभागी हुने बताइएको छ ।
यस अघि सभापति थापाले दिएको राजीनामा गत शुक्रबार र आइतबार बसेको केन्द्रीय समितिको बैठकले अस्वीकार गरेको थियो ।
FACEBOOK COMMENTS