काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार गगन थापाले आफूहरु कसैलाई हराउन उम्मेदवार नभएको बताएका छन् ।
आइतबार महाधिवेशनको निर्वाचनको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरु पार्टीमा कसैलाई पराजित गर्न नभइ जितेर सिंगो पार्टीलाई विजयी बनाउन चाहिरहेको बताए ।
उनले भने ‘हामी कसैलाई हराउँदै छैनौं । हामी जितेर सिंगो पार्टीलाई विजयी बनाउन चाहन्छौं। भोलि हाम्रो भाग्य के हुने भन्ने छ न अनुपम न वालुवाटारमा बसेर हुन्छ। हाम्रो तागत भृकुटीमण्डपमा छ ’।
कांग्रेस भित्रै प्रतिस्पर्धा भएको भन्दै भृकुटीमण्डपमा भेला भएका मतदाताको हातमा आफूहरुको भाग्य रहेको बताए ।
FACEBOOK COMMENTS