काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा सीमा सम्बन्धी दिएको अभिव्यक्ति राष्ट्रहित विपरीत, गैरजिम्मेवार र कूटनीतिक मर्यादा विपरीतको जनाएको छ ।
पार्टी प्रवक्ता देवराज चालीसेले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले प्रतिनिधिसभाको बैठकमा “हामीले पनि धेरै ठाउँमा सीमा मिचेका छौँ” भन्ने अभिव्यक्ति नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र स्थापित राष्ट्रिय अडानलाई कमजोर बनाउने दाबी गरे ।
नेपालको संवैधानिक नक्सा, ऐतिहासिक तथ्य तथा लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभागमा नेपालको दाबीलाई कमजोर पार्ने गरी प्रधानमन्त्रीबाट अभिव्यक्ति आउनु दु:खद भएको जनाएको छ ।
सरकार प्रमुखले संसद्मा बोल्ने प्रत्येक शब्दलाई राज्यको आधिकारिक धारणा मानिने भएकाले प्रधानमन्त्रीको भनाइबारे स्पष्ट धारणा सार्वजनिक गर्न काँग्रेसको माग छ ।
