काठमाडौं । डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको प्रवक्ताको जिम्मेवारी पाएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले आज सोमबार पूर्व सहमहामन्त्री महतलाई पार्टीको नयाँ प्रवक्ता नियुक्त गरेका हुन् ।
महत हालै सम्पन्न कांग्रेसको १४औं केन्द्रीय महाधिवेशनमा देउवा प्यानलबाट महान्त्रीमा पराजित भएका थिए । उनी पूर्व परराष्ट्र मन्त्रीसमेत हुन् ।
महत कांग्रेसभित्र सभापति देउवाको विश्वासपात्र मानिन्छन् ।
FACEBOOK COMMENTS