काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
आइतबार भएको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी भएका छन् । उनले ५ हजार ३३४ मत ल्याएर विजय भएका हुन् ।
माओवादी केन्द्रका उम्मेदवार शिव शरण महर्जनले हजार ५५५ मत प्राप्त गरेका छन् । यस्तै एमालेका उम्मेदवार सुरेन्द्र मानन्धर ४ हजार ३३७ मत पाएका छन् ।
FACEBOOK COMMENTS