गुल्मी । नेपाली कांग्रेसको गुल्मी जिल्ला सभापति पदमा स्थगित भएको मतदान आइतबार मात्र हुने भएको छ । शनिबार मुसीकोट नगरपालिकाको मतदान चलिरहेका बेला संकेत गरिसकेका केही मतपत्र भेटिएपछि विवाद भएको हो ।
विवाद समाधानका लागि शनिबार बसेको बैठकले आइतबार बिहान ९ बजेबाट मतदान सुरु गर्ने निर्णय गरेको छ । जिल्ला सभापतिका लागि खिलध्वज पन्थी र बेदबहादुर थापा मगर उम्मेदवार रहेका छन् ।
सभापति पदका लागि जिल्लाको ११ वटा स्थानीय तहका प्रतिनिधिले भने मतदान गरिसकेका छन् । मतदान सकिएको क्षेत्रका मतपेटिका पार्टी कार्यालयमा राखिएको छ ।
FACEBOOK COMMENTS