काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ समानुपातिक सांसदमा सिफारिस गर्ने नाम टुंगो लगाएको छ । शनिबार बसेको पार्टी पदाधिकारी र कार्यसम्पादन समितिको बैठकले समानुपातिक सांसदमा सिफारिस गर्ने नाम टुंगो लगाएको हो ।
जसमा
आदिवासी जनजातितर्फ
सरस्वती बजिमय, लिलादेवी बोखिम, सीता कुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा सेरचन रहेका छन् ।
खस आर्यतर्फ
अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौडेल कान्तिका सेजुवाल र मैना रावल कार्की रहेको छन् ।
मधेसीतर्फ
नागिना यादव, मुक्ता कुमारी यादव, चन्दा चौधरी, संगिता मण्डल । निनुकुमारी कर्ण रहेका छन् ।
दलिततर्फ
शान्ति विक, रुपा विक, सीता मिजार र आशा विक रहेका छन् ।
थारुतर्फ
कल्पना चौधरी र विना कुमारी थनेत रहेका छन् ।
मुस्लिमतर्फ
जावेदा खातुन् जागा रहेका छन् ।
विकल्पमा जीवन परियार, विमलेन्द्र निधि र प्रकाशशरण महत रहेका छन् । निर्वाचन आयोगले दलहरूलाई आज ४ बजेसम्म प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका सांसदको सूची पठाउन निर्देशन दिएको छ ।
FACEBOOK COMMENTS