काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले केन्द्रीय कार्यसमिति र प्रदेश कार्यसमितिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ कार्यकतालिका अनुसार कांग्रेस केन्द्रीय कार्यसमितिको लागि मंसिर २४ गते मतदाता नामावली प्रकाशन गर्ने निर्णय भएको छ ।
यस्तै २५ गते विहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने, २६ गते विहान ८ देखि १० बजेसम्म मनोनयनपत्रमाथि पर्ने दावी विरोध गर्दा र जाँचबुझ गर्ने तय भएको छ । समितिका अनुसार सोही दिन दिउँसो १२ बजेसम्म दावीविरोधमाथि निर्णय गर्ने र १२ देखि ३ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यसूची रहेको छ ।
२६ गते नै ४ बजेसम्म मनोनयन फिर्ताको समय तोकिएको छ । सोही दिन ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ भने मतदानको समय २७ गते विहान ८ बजेबाट तोकिएको छ ।
प्रदेश कार्यसमितिका लागि भने मंसिर १६ गतेबाट निर्वाचन कार्यतालिका तोकिएको छ । १६ गते विहान १० बजे मतदाता नामावली प्रकाशन गेर्न, १७ गते ८ देखि ११ बजेसम्म उम्मेदवारको मनोनयन गर्दा गर्ने र दिउँसो ११ देखि १ बजेसम्म दावी विरोधको समय दिइएको छ । २ बजेसम्म सो उपर निर्णय हुने कांग्रेसले नजाएको छ ।
सोही दिन साँझ ५ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने र साढे ६ बजेसम्म मनोनयन फिर्ताको समय दिने र साढे ७ बजे अन्तिम नामावली प्रकाशन गर्ने तालिका सार्वजनिक भएको हो ।
FACEBOOK COMMENTS