काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र प्रमुख विपक्षी नेकपा एमाले सम्बद्ध कानुन व्यवसायीहरुको संगठनले बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बल पुग्ने गरी वक्तव्य दिएका छन् ।
यो सँगै नेपाल बारले गरि राखेको आन्दोलन एक्लिएको छ ।
नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए) र प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन नेपाल (पीपीएलए) ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको पक्षमा छुट्टाछुट्टै व्यक्तव्य जारि गरेको छ ।
न्यायाधीहरु न्यायिक विचलनमा परेकाले न्यायपालिकाको स्वच्छता कायम गरि न्यायलय वाट जनताको न्याय मार्न नहुने विज्ञप्तीमा भनिएको छ ।
डीएलए कांग्रेस निकट तथा पीपीएलए एमाले निकट कानुन व्यवसायीहरुको संगठन हो । दुई फरक राजनीतिक विचारधारा र दृष्टिकोण बोकेका कानून व्यवसायीहरुको संगठनको बुधबारको विज्ञप्ति पछि केहि व्यक्ति विषेशले नेपाल बारको नाममा गरेको विरोध समेत तुहिने देखिएको छ । त्यसो त, अधिवक्ता स्वागत नेपालको नेतृत्वमा नेपाल बार र बेन्च नबस्ने न्यायाधीशहरु विरुद्ध आन्दोलन भईरहेको छ । यसमा नागरिक समाज देखि स्वतन्त्र व्यवसायीक वकिलहरुले एक्यवद्धता जनाई सकेका छन् भने अन्तराट्रिय अदालत र राट्रिय मानव अधिकार आयोग समेत पुगि सकेको छ ।
अब (डीएलए) र (पीपीएलए)को समर्थनमा न्यायलयमा मनोमानिको विषय झन् बलियो हुने देखिएको छ । त्यस्तै असक्षम नेतृत्वका कारण ईतिहासमै नेपाल बार एशोसिएसन कमजोर बन्ने भएको छ । उता प्रधान न्यायधीशको विरोध गरेका न्याधीशहरु पनि गल्दै गएका छन् । न्याय दिने दायित्वलाई विर्सेर हिँडेका न्याधीशहरुलाई अन्तराट्रिय अवस्थामा नै अप्ठ्याारो पर्ने देखिएपछि न्यायालयलाई सुधार गर्दै लैजाने भन्दै तिहार पछि बेन्च बस्ने निष्कर्षमा पुगेका छन् ।
FACEBOOK COMMENTS