काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रियसभा निर्वाचनलाई केन्द्रित गरेर आन्तरिक छलफलमा जुटेका छन् । कांग्रेस, एमालेसँग तालमेल गरेर जाने कसरत भइरहेको बेलामा प्रचण्डले हिजो भारतबाट फर्केलगत्तै पार्टीका नेताहरूसँग छलफल गरेका हुन् ।
प्रचण्डले कांग्रेस एमालेसँग चुनावी तालमेलको विषयमा आज बिहान सहसंयोजक माधव नेपालसँग पनि छलफल गरेका केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुनले बताए । उनले नेपाल प्रेससँग भने, ‘संयोजक र सहसंयोजकले आन्तरिक छलफल गरिराख्नुभएको छ ।
अहिलेसम्म कुनै निष्कर्षमा पुगेको हामीलाई जानकारी छैन ।’ अहिले कांग्रेस र एमाले पनि राष्ट्रियसभामा तालमेल गर्नेबारे आन्तरिक छलफलमा जुटेका छन् । एमालेको सचिवालय बैठक जारी छ भने कांग्रेसको कार्यसम्पादन समिति बैठक १ बजे बस्दै छ ।
FACEBOOK COMMENTS