पाेखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस, गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।
प्रदेशप्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
कांग्रेसका २७, माओवादी केन्द्रका ७ र एकीकृत समावजादीका दीपक मनाङेसहित ३५ प्रदेशसभा सदस्यको समर्थन जुटाएर नेता पाण्डेले मुख्यमन्त्रीमा दावी पेश गरेका थिए ।
पाण्डेसँगै माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान पनि दाबी पेस गर्न पुगेका थिए । ६० सदस्यीय गण्डकी प्रदेशमा सरकार गठन गर्न ३१ सांसदको आवश्यक पर्छ ।
मुख्यमन्त्रीमा नियुक्त पाण्डे गोरखा–२ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
विश्वासको मत गुमाउँदै एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि गण्डकीमा नयाँ गठबन्धन सरकार बनेको हो ।
मुख्यमन्त्रीको शपथ शुक्रबार हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
FACEBOOK COMMENTS