काठमाडौँ । नेपाली कांग्रेसले बोलाएको केन्द्रीय समितिको बैठक अझै बस्न सकेको छैन ।
विशेष महाधिवेशन पक्षधरसँगको वार्तामा सहमति हुन नसकेपछि छलफल लम्बिदा केन्द्रीय समितिको १ बजेका लागि बोलाइएको बैठक अहिलेसम्म बस्न नसकेको हो ।
संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीचको आज दोस्रो पटक भएको बार्ता सकिएको छ । दुवै पक्षबीचको वार्ता सहमतिमा पुग्न भने सकेको छैन ।
विशेष महाधिवेशन पक्षधरले सभापति शेरबहादुर देउवाले सक्रिय राजनीति छोड्नुपर्ने शर्त राखेको र सो विषयमा छलफल गर्न संस्थापन पक्षले बार्ता स्थगित भएको नेताहरुले बताएका छन् । फेरी अर्को वार्ता हुने बताइएको छ ।
विशेष महाधिवेशन पक्षधरले पार्टीको केन्द्रीय समितीले विशेष महाधिवेशनको अपनत्व लिने र सभापति देउवाले सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने माग राखेका छन् ।

वार्ता चलिरहेका बेला भृकुटीमण्डपमा बन्दसत्र भने समापनतर्फ उन्मुख हुदै निर्वाचनको प्रक्रिया चलिरहेको छ । निर्वाचन समितिले साढे ७ बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकेको छ ।

FACEBOOK COMMENTS