काठमाडौँ । कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सुरू भएको छ । ललितपुरस्थित केन्द्रीय कार्यालय रहेको वीपी स्मृति भवनमा बैठक बसिरहेको छ ।
पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
आइतबार सूचना जारी गर्दै कांग्रेसले सोमबार ९ बजेका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको थियो ।
FACEBOOK COMMENTS