काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी भएका छैनन् ।
आज बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा दुवै महामन्त्री सहभागी नभएको नेताहरुले बताएका छन् ।
बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्यहरुका साथै सातवटै प्रदेवका सभापतिहरुलाई बोलाइएको भए पनि थापा र शर्मा सहभागी भएनन् ।
महामन्त्रीहरुले विशेष महाधिवेशन बोलाएर प्रक्रिया अघि बढाएका छन् । उनीहरुले २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरेका छन् ।
FACEBOOK COMMENTS