काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।
जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थिति र पार्टी रणनीति विषयमा छलफल गर्न कांग्रेसको बैठक आज दिउँसो १ बजे सानेपामा बस्न लागेको हो ।
आजको बैठकमा सभापति शेरबहादुर देउवा पनि सहभागी हुँदैछन् । देउवा लामो समयपछि पहिलोपटक सार्वजनिक बैठकमा सहभागी हुन लागेका हुन् ।
आजको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश सभापतिहरू उपस्थित हुने बताइएको छ ।
बैठकअघि बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बस्नेछ, जसमा केन्द्रीय कार्यसमितिमा पेश गर्ने साझा एजेण्डा तय गर्ने लक्ष्य राखिएको छ ।
FACEBOOK COMMENTS