काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि ९ उम्मेदवार टुंगो लगाएको छ । कांग्रेस कार्यसम्पादन समितिको बैठकले ९ उम्मेदवारको टुंगो लगाएको हो ।
जसअनुसार कोशी प्रदेशबाट सुनिल बहादुर थापा, मधेस प्रदेशबाट धमेन्द्र पासवान र रञ्जित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकी प्रदेशबाट जगत तिमल्सिना, लुम्बिनी प्रदेशबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाउने निर्णय भएको एक नेताले बताए ।
ती नेताका अनुसार एमाले र जसपा नेपालसँग भएको तालमेल सहमतिअनुसार कांग्रेसका ९ उम्मेदवारले आजै उम्मेदवारी दर्ता गराउँदैछन् ।
FACEBOOK COMMENTS