काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले शिक्षकहरूको आन्दोलनमा चासो देखाएका छन् । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै गत चैत २० गतेदेखि जारी शिक्षकहरूको काठमाडौंकेन्द्रित आन्दोलनमा कांग्रेस महामन्त्रीद्वयले चासो देखाएका हुन् ।
महामन्त्रीद्वय थापा र शर्माले आन्दोलनरत शिक्षक अगुवासँग छलफल थालेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपानमा मङ्गलबार महामन्त्रीद्वय थापा र शर्माले शिक्षक महासङ्घका पदाधिकारीलगायत अगुवाहरूसँग छलफल गरेका हुन् ।
शिक्षकहरूको मागबारे महामन्त्रीद्वयले पहलकदमी लिने गरी छलफल भएको पार्टी केन्द्रीय कार्यालयले बताएको छ ।
कांग्रेस महामन्त्रीद्वयले शिक्षकहरूको माग सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै आएका छन् ।
FACEBOOK COMMENTS