काठमाडौँ । झन्डै ५७ वर्षअघि प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलनमा लाग्दा शेरबहादुर देउवाले मुलुकको कार्यकारी प्रमुखसहित पार्टीको नेतृत्वमा पुग्छु भन्ने सायदै सोचेका थिए।
डडेलधुरामा मध्यमवर्गीय परिवारमा जन्मेका देउवाका लागि त्यतिबेला काठमाडौंमा आलिसान महल र सुखसयलको कुरा त निकै टाढाको कुरा थियो। ज्यानै माया मारेर प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलनमा लागेका देउवा ५७ वर्षपछि आइपुग्दा पटकपटक मुलुकको कार्यकारी प्रमुख ९प्रधानमन्त्री० बने भने नेपाली कांग्रेसको मूल नेतृत्वमा पनि पुगे।
देउवा मात्र होइन, उनका समकक्षी नेताहरू रामचन्द्र पौडेलदेखि उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायतले पनि २०४६ सालको राजनीतिक परिवर्तनअघि पद प्रतिष्ठालाई केन्द्रमा राखेका थिएनन्।
उनीहरू मुलुकमा राजनीतिक परिवर्तन, स्वतन्त्रता, देश र जनताको समृद्धिको पक्षमा ज्यानको प्रवाह र परिवारको पनि मतलब नगरी आन्दोलनमा होमिएका थिए। आज त्यही पुस्ता मुलुकको केन्द्रमा छ
सुखसयलको जीवन बिताउने आकांक्षा नराखी राजनीतिमा लागेको त्यही पुस्ताका नेता अहिले आत्मकेन्द्रित र व्यक्तिगत स्वार्थमा रमाउन पुगेका छन्। त्यतिमात्र होइन,उनीहरूको व्यक्तिगत स्वार्थ र टकरावले मुलुकको आर्थिक समृद्धिको जनआकांक्षा पूरा हुन सकेको छैन। लामो संघर्षबाट प्राप्त प्रजातन्त्र नै संकटमा पर्ने अवस्था छ।
अब मुलुक र राजनीतिक दलको नेतृत्व बिस्तारै २०४६ सालको परिवर्तनपछि सक्रिय राजनीतिमा प्रवेश गरेका नेता तथा कार्यकर्ताको हातमा जाँदैछ। जुन पुस्ताले राजनीतिमा लाग्दा नै सांसद, मन्त्री, प्रधानमन्त्री र पार्टी सभापति बन्ने लक्ष्य राखेको छ।
त्यसपछिको पुस्ता राजनीतिलाई समाज परिवर्तन गर्दै जनताको सेवा गर्ने होइन, सहज सत्ता, शक्ति र पैसा आर्जन गर्ने पेसाका रूपमा सक्रिय छ। यसैकारण अहिले राजनीतिक दलहरूमा निष्ठा, त्याग, इमानजमान होइन, ‘मनी र मसल’ हावी हुन थालेको विश्लेषण गर्न थालिएको छ।
यस्तो बेलामा शुक्रबार सुरु हुन लागेको नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट आउने नेतृत्वले नेता कार्यकर्तालाई मात्र होइन, आमजनतालाई भरोसा गर्ने पार्टीका रूपमा आफूलाई रूपान्तरण गर्ला ? कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डे कांग्रेसमात्र नभएर अन्य पार्टी पनि पुस्तान्तरणको चरणमा प्रवेश गरेको बताएको आजको नागरिक दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS