काठमाडाैं । नेपाली कांग्रेसले उपराष्ट्रपतिमा जसपाका रामसहाय यादवलाई सहयोग गर्ने निर्णय गरेको छ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले यादवलाई सघाउने निर्णय गरेको प्रवक्ता प्रकाश शरण महतले बताए। पार्टीका सबै सांसदलाई यादवकै पक्षमा मतदान गर्ने निर्देशन गरेको उनले बताए।
यस्तै, बैठकले ६ दशकदेखि पार्टीमा रहेर राष्ट्रियता र लोकतन्त्रको पक्षमा निरन्तर योगदान पुर्याएका राष्ट्रपति रामचन्द्र पौडेललाई पनि बधाई दिएको छ।
यही चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा यादव सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् । नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपतिको उम्मेदवार छन् ।
कांग्रेसले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न संवैधानिक निकायलाई आग्रह पनि गरेको छ ।
FACEBOOK COMMENTS