काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री वीरेन्द्रकुमार कनौडिया एमाले प्रवेश गरेका छन्।
शनिबार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायत पदाधिकारी तहका नेताहरूले कनौडियालाई पार्टीमा स्वागत गरेका हुन्।
उनलाई कपिलवस्तु–३ बाट आगामी प्रतिनिधि सभामा एमालेबाट उम्मेदवार बन्ने गरी अध्यक्ष ओलीले टिकट प्रदान गरेको प्रेस चौतारीका पूर्वअध्यक्ष गणेश बस्नेतले फेसबुकमा लेखेर जानकारी गराएका छन्।
कनौडिया लुम्बिनी प्रदेशसभामा कांग्रेसका पूर्वसांसद हुन्। अघिल्लो संसदमा उनी प्रदेश संसदीय दल नेता समेत बनेका थिए।
२०७४ मा उनी कपिलवस्तु–३ को प्रदेशसभा (ख) बाट विजयी भएका थिए। त्यतिबेला उनले ६ हजार ३०७८ मत प्राप्त गर्दै वाम गठबन्धनका उम्मेदवार जावेद आलम खानलाई पराजित गरेका थिए।

उनी चिनी मिल र नेपालगन्ज मेडिकल कलेजका सञ्चालक हुन्। कनौडिया २०५८ सालमा जलस्रोत सहायक मन्त्री पनि बनेका थिए।
