काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बैठक केहीबेर अघि सुरु भएको हो ।भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहँदा सानेपामा कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको हो । बैठकमा विशेष महाधिवेशन पक्षधरले पठाएको आठबुँदे प्रस्तावका विषयमा छलफल हुने बताइएको छ ।
शेष महाधिवेशन पक्षले पठाएका प्रस्तावमा सभापति शेरबहादुर देउवा पार्टीको कार्यकारी भूमिकाबाट बाहिरिनुपर्ने, विशेष महाधिवेशनको स्वामित्व पार्टीले लिनुपर्ने, गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार तय गरेर निर्वाचनमा जाने, निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने, विशेष महाधिवेशन पक्षधरलाई समेटेर संसदीय बोर्ड गठन गर्नुपर्ने, उम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने लगायत रहेका छन् ।
FACEBOOK COMMENTS