काठमाडौं । नेपाली कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित भएको छ । सभापति गगन थापाले काठमाडौँको चुनावी सभाको क्रममा कांग्रेस (बीपी) समाहित भएको जानकारी गराएका हुन् ।
कांग्रेस (बीपी) को नेतृत्वमा सुशीलमान शेरचन छन् । पूर्व सभापति शेरबहादुर देउवासँग विवाद बढ्दै गएपछि डडेलधुराका पूर्व सभापति कर्ण मल्लले कांग्रेस छोडेर कांग्रेस (बीपी) मा आबद्ध भएका थिए । डडेलधुरा कांग्रेसले बीपी कांग्रेसलाई पुरानै पार्टीमा फर्कन अपील गरेको थियो । कांग्रेससँग एकता गर्नका लागि मल्ल सहमत भएका थिए ।
मल्लले २०७९ सालको निर्वाचनमा डडेल्धुरामा देउवाविरुद्ध चुनाव लडेर ७ हजार ५३५ मत प्राप्त गरेका थिए । त्यस्तै काँग्रेस विपीले डडेल्धुराबाट समानुपातिकतर्फ ४५१४ मत ल्याएको थियो ।
FACEBOOK COMMENTS