काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई छलफलका लागि बोलाएका छन् ।
सभापति देउवाले सबै मन्त्रीलाई आफ्नो निवास बूढानीलकण्ठमा बोलाएका हुन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसबाट १० जना मन्त्री छन् ।
उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, अर्थ मन्त्री डा प्रकाश शरण महत,परराष्ट्र मन्त्री एनपी साउद, सहरी विकास मन्त्री सीता गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य रहेका टन् ।
FACEBOOK COMMENTS