काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेसले पठाउने मन्त्रीको नामका विषयमा गहन रुपमा आन्तरिक छलफल गरेको छ ।
आइतबार ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने भएपछि कांग्रेसले कसलाई मन्त्री पठाउने भनेर पार्टी भित्र छलफल गरेको हो । मन्त्री बनाउन मापदण्ड बनाउन आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक समेत बोलाइएको थियो ।
काँग्रेसले प्रकाशमान सिंहको नेतृत्वमा मन्त्रीहरु पठाउने भएको छ । स्रोतका अनुसार सिंहसहित रमेश लेखक, आरजु राणा, जीवन परियार र अजय चौरासियालाई मन्त्रीको रुपमा पठाउने भएको छ ।
काँग्रेसको भागमा १० वटा मन्त्रालय पर्ने बताइएको छ । बाँकी मन्त्रीहरुको नाम टुंगो लगाउन बाँकी रहेको स्रोतको भनाइ छ । स्रोतका अनुसार बाँकी रहेको मन्त्रीहरु शेखर कोइराला पक्षधर हुनेछन् ।
स्रोतका अनुसार हृदयराम थानी, दीपक खड्का, दीपक गिरी, अर्जुननरसिंह केसी, ऐनबहादुर शाही र रामनाथ अधिकारी मध्येबाट मन्त्री हुने बताइएको छ । मन्त्रीको रुपमा किशोरसिंह राठोर, विनोद चौधरी, उदय शमशेर राणाको पनि नाम चर्चामा रहेको छ ।
FACEBOOK COMMENTS