काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । बिहान साढे ११ बजेका लागि बोलाइएको बैठक डेढ घण्टा ढिलो गरी १ बजे सुरु भएको छ ।
अर्पण व्याङक्वेट, नयाँ बानेश्वरमा सुरु भएको बैठक पार्टीलाई कसरी एक ढिक्का बनाएर कसरी लैजाने, आसन्न प्रतिनिधिसभा निर्वाचनलगायत विषयमा केन्द्रित हुनेछ ।
निर्वाचन आयोगले मान्यता दिएपछि बस्न लागेको यो पहिलो केन्द्रीय कार्यसमितिको बैठक हो । विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आयोगले शनिबार साँझ मान्यता दिएको थियो ।
FACEBOOK COMMENTS