काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेर अघि बैठक सुरु भएको हो ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । यद्यपि, मूल रूपमा संसदीय दलको नेता चयन र पार्टीको आन्तरिक विवादबारे छलफल हुने नेताहरूले बताएका छन् ।
निर्वाचन सम्पन्न भएर संसदको एउटा अनिवेशन अन्त्य हुँदासम्म कांग्रेसले संसदीय दलको नेता चयन गरेको छैन । कांग्रेसले ४ वैशाखमा संसदीय दलको नेता चयन गर्ने जनाएको छ ।
कांग्रेसले १५औँ महाधिवेशनको निर्वाचन तालिकासमेत सार्वजनिक गरेको छ । महाधिवेशनबारे पनि बैठकमा छलफल हुनेछ ।